Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि खुल्दै धरहरा, सर्वसाधारणले निशुल्क चढ्न पाउने

अर्थ संसार

विहीबार, ०३ असोज २०८१, ०७ : ३४ मा प्रकाशित

आजदेखि खुल्दै धरहरा, सर्वसाधारणले निशुल्क चढ्न पाउने

भूकम्पपछिको पुननर्निर्माणबाट ठडिएको धरहरा आज बिहीबारदेखि खुल्दैछ। ९ वर्ष अघि भूकम्पले धरहरा भत्काएको थियो।

पुनर्निर्माण गरिएको धरहरा आज बिहीबार संविधान दिवसको अवसर पारेर सर्वसाधारणले चढ्न पाउने भएका छन्। अर्को व्यवस्था नहुँदासम्म सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउनेछन्।

बिहान साढे १० देखि दिउँसो साढे ४ सम्म सर्वसाधारणले धरहरा चढ्न पाउने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। 

विभागका उपमहानिर्देशक कोषनाथ अधिकारीका अनुसार अनलाइन बुकिङ सुरु नहुँदासम्म कुपनमार्फत धरहरा चढ्ने पाइनेछ। 
अहिले प्रतिदिन ६ सय जनाले मात्र धरहरा चढ्न पाउनेछन्।

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सर्वसाधारणका लागि खुला गर्नु अघिल्लो दिन बुधबार साँझ धरहरा पुगेर सञ्चालन तयारीबारे जानकारी लिएका थिए।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको