Like us!
Follow us!
Connect us!
Watch us!

फाइनान्स कम्पनीः नाफामा प्रोग्रेसिभलाई पच्छ्याउँदै मञ्जुश्री, कुन-कुन कम्पनी रहे घाटामा ?

अर्थ संसार

बुधबार, २६ मंसिर २०८१, १३ : ५० मा प्रकाशित

फाइनान्स कम्पनीः नाफामा प्रोग्रेसिभलाई पच्छ्याउँदै मञ्जुश्री, कुन-कुन कम्पनी रहे घाटामा   ?

फाइनान्स कम्पनीहरुको वित्तीय विवरणमा सुधारको संकेत देखिएको छ । 

चालु आर्थिक वर्षको कात्तिक महिनासम्म आइपुग्दा फाइनान्स कम्पनीहरुको खुद नाफा केही बढेको छ । यसअवधिमा सञ्चालनमा रहेका १७ फाइनान्स कम्पनीहरुले २९ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको यसैअवधिमा भने फाइनान्स कम्पनीले समग्रमा १५ करोड ११ लख रुपैयाँ घाटा व्यहोरेका थिए । 

यसअवधिमा ५ फाइनान्स कम्पनीहरु घाटामा रहेका छन् । गत बर्षको चारमहिनासम्म ८ फाइनान्स कम्पनीहरु घाटामा थिए । 

कसको नाफा कति  ?

यसअवधिमा सबैभन्दा धेरै खुद नाफा कमाउनेमा प्रोग्रेसिभ फाइनान्स रहेको छ । यसअवधिमा यसले १५ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ । 

मञ्जुश्री फाइनान्सले १५ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३४.६५ प्रतिशत बढी हो । गत आवको ४ महिनामा कम्पनीले ११ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

यस्तै, आइसीएफसी फाइनान्सले ८ करोड ४५ लाख, जानकी फाइनान्सले ७ करोड ५४ लाख, गुडविल फाइनान्सले ५ करोड ६३ लाख, सेन्ट्रल फाइनान्सले ५ करोड ८ लाख, गोर्खाज फाइनान्सले ३ करोड ६१ लाख, मल्टीपर्पस फाइनान्सले २ करोड ४२ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्सले ८८ लाख रुपैयाँ र नेपाल फाइनान्सले ६८ लाख रुपैयाँ नाफा कमाएको छ ।  

घाटामा कुन कुन ?
यो अवधिसम्म ५ वटा फाइनान्स कम्पनी भने घाटामा रहेका छन् । सबैभन्दा धेरै घाटा गुहेश्वरी मर्चेन्ट बैकिङले व्यहोरेको छ । कम्पनीले १४ करोड ५७ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले ५ करोड ३१ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो ।  
त्यस्तै, रिलायन्स फाइनान्सले १० करोड ५५ लाख रुपैयाँ, पोखरा फाइनान्सले ६ करोड ४२ लाख रुपैयाँ, समृद्धि फाइनान्सले २ करोड ६३ लाख रुपैयाँ र वेष्ट फाइनान्सले २ करोड ३३ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

नाफा ग्रोथ गर्नेमा को अगाडी ?
गत आवको तुलनामा सबैभन्दा धेरै नाफा ग्रोथ गर्नेमा जानकी फाइनान्स रहेको छ । कम्पनीले ८९३.१६ प्रतिशतले नाफा बढाएको छ । गत आवको सोही अवधिसम्म ७६ लाख रुपैयाँ नाफा कमाएको जानकीले चालु आवको यस अवधिसम्म ७ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ ।  

त्यस्तै, आइसीएफसीको ३३८.९२ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको १९५.३५ प्रतिशत, मल्टीपर्पस फाइनान्सको १७७.९८ प्रतिशत र मन्जुश्री फाइनान्सको ३४.६५ प्रतिशतले नाफा बढेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको