Like us!
Follow us!
Connect us!
Watch us!

लिलामीमा चढेकाे आँखुखोलाको सेयर किन्ने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, २० असोज २०८१, ०८ : ४७ मा प्रकाशित

लिलामीमा चढेकाे आँखुखोलाको सेयर किन्ने  आज अन्तिम दिन

आँखुखोला जलविद्युत कम्पनीको अवितरित हकप्रद सेयर खरिद गर्ने अन्तिम मौका आज आइतबार रहेको छ।  १७ लाख ५० हजार २४८ कित्ता सेयरका लागि  सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सेयरधनीले नकिनेको १७ लाख ५० हजार २४८ कित्ता सेयर असोज ११ गतेदेखि लिलाममा बिक्रीमा राखिएको थियो।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ छ। बोलकबोल गर्दा घटीमा १ सय कित्ता र बढीमा सबै कित्ता सेयर खरिदका लागि आवेदन दिन पाइन्छ।

सेयर खरिद गर्ने इच्छुकले नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड वा बैंकका विर्तामोड शाखा, विरगञ्ज शाखा, हेटौंडा शाखा, जावलाखेल शाखा, लेकसाइट पोखरा शाखा, नेपालगञ्ज शाखा, बराहताल शाखा र धनगढी शाखा कार्यालयमा आइतबार बैंकिङ समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेस पर्नेछ।

कम्पनीले गत साउन २७ गतेदेखि भदौ १६ गतेसम्म १ सेयर बराबर नयाँ १.५ सेयरको अनुपातमा १०० रुपैयाँ अंकित मूल्यमा १ करोड २० लाख कित्ता सेयर बिक्री खुला गरेको थियो।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको