Like us!
Follow us!
Connect us!
Watch us!

२२५८ प्रतिशतले बढ्यो आँखुखोला जलविद्युतको नाफा, अन्य अवस्था कस्तो ?

अर्थ संसार

आइतबार, १५ साउन २०७९, ०६ : ३१ मा प्रकाशित

२२५८ प्रतिशतले बढ्यो आँखुखोला जलविद्युतको नाफा, अन्य अवस्था कस्तो ?

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेश्रो त्रैमाससम्म आइपुग्दा कम्पनी २ करोड ४८ लाख रुपैयाँ नाफामा कमाएको छ जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा २२५८.६५ प्रतिशले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी १० लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।


समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले २२ करोड २९ लाख रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा १५.१९ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १९ करोड ३५ लाख ७८ हजार रूपैयाँको बिजुली बेचेको थियो । 

त्यस्तै समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि १५ प्रतिशतले बढेको छ ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष २३ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३.१० रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ १८ पैसा पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको