Like us!
Follow us!
Connect us!
Watch us!

सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ

अर्थ संसार

आइतबार, ०६ असोज २०८१, १७ : ५५ मा प्रकाशित

सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ

सहकारी बचत रकम ठगी प्रकरणमा छबिलाल जोशी पक्राउ परेका छन् ।

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका जोशीलाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो ।

गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

पक्राउ परेका जोशी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राई, लामिछाने र जोशी व्यापारिक साझेदार हुन् । जोशीलाई आजै पोखरा लैजाने तयारी प्रहरीको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको