Like us!
Follow us!
Connect us!
Watch us!

मित्र मिलन सहकारीका उपाध्यक्ष ससुरालीबाट पक्राउ

अर्थ संसार

बुधबार, २१ कार्तिक २०८१, ११ : ५७ मा प्रकाशित

मित्र मिलन सहकारीका उपाध्यक्ष ससुरालीबाट पक्राउ

पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन्।

जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि फरार भएका लम्साललाई  मंगलबार पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित ससुरालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

सहकारी ठगीमा संलग्न रहेका लम्साल लामो समयदेखि फरार थिए। उक्त सहकारीमा ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनालसहित केही पुर्पक्षका लागि थुनामा छन्।

सहकारीको ३१ करोड बिगो दाबीसहित ३२ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो। सरकारी वकिल कार्यालयले गत वर्ष जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गराएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको