Like us!
Follow us!
Connect us!
Watch us!

न्युयोर्कमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता, चाँडै नेपाल भ्रमणमा आउने

अर्थ संसार

सोमबार, ०७ असोज २०८१, ०७ : १० मा प्रकाशित

न्युयोर्कमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता, चाँडै नेपाल भ्रमणमा आउने

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र छिमेकी मुलुक भारतका प्रधानमन्त्री मोदीबीच आज बिहान भेटवार्ता भएको हो। उनीहरुबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो।

भेटवार्तामा मोदीले चाँडै नेपाल भ्रमणमा आउने बताएका छन्। ओली मोदी भेटपछि परराष्ट्रमन्त्री आरजु राणा देउवाले एकदमै सौहार्द वातावरणमा कुराकानी भएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले चाँडै नेपाल आउँछु भन्नु भएको बताइन्।

आधा घण्टा लामो भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफलमा भएको थियो।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको