अर्थ संसार, काठमाडौं – मुलुकमा पछिल्लो दिनमा जलविद्युत् क्षेत्रमा लगानीको मात्रा बढ्दै गएको छ । निजी क्षेत्रले निर्माण गरिरहेका विभिन्न जलविद्यसत् आयोजनामा बैंक तथा वित्तिय संस्थाले लगानीको मात्रा बढाएका छन् ।
यसै क्रममा लिखु ४ जलविद्युत् आयोजनामा नेपालका विभिन्न सात वटा बैंकले रु सात अर्ब भन्दा बढी लगानी गर्ने भएका छन् ।
कुल ५२.४ मेगावाट क्षमताको सो आयोजनामा सात ७ बैंकले रु ७ अर्ब ६२ करोड ऋण लगानी गर्ने भएका छन् ।
आयोजनाको प्रवद्र्धक ग्रिन भेन्चर्स प्रालि र नविल बैंकबीच ऋण लगानी सम्झौता सम्पन्न भएको विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।
नेपालको व्यवसायीक घरना त्रिवेणी समूह र विशाल समूहको संयुक्त लगानी रहेको आयोजनामा नविलको अगुवाइमा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एसबीआई बैंक, सनराइज बैंक, प्रभु बैंक र सानिमा बैंकले ऋण लगानी गर्ने भएका हुन् ।
लगानी जुटेकाले आयोजना बन्ने निश्चित भएको छ । आयोजना आगामी सन् २०२० को अन्त्यमा सम्पन्न हुने छ ।
आयोजनाको कुल लागत रु १० अर्ब १६ करोड छ । उनका अनुसार लगानीकर्ताले रु २ अर्ब ५४ करोड स्वपूँजी लगानी गरेका छन् ।
आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरण र ग्रीनभेन्चर्स बीच वर्षात्को ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता भइसकेको छ ।
आयोजनास्थलसम्म जानका लागि कम्पनीले पहुँचमार्ग निर्माण सम्पन्न गरेको छ । आयोजना ओखलढुंगाको रगनी, पोकली र रामेछापको सैपु, बिजुलकोटमा अवस्थित छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस