Like us!
Follow us!
Connect us!
Watch us!

३.२९ % ले बढ्यो जीवन बीमा व्यवसाय, कुन कम्पनीले कति गरे बीमाशुल्क संकलन ?

अर्थ संसार

शुक्रबार, ११ असोज २०८१, १४ : ५६ मा प्रकाशित

३.२९ % ले बढ्यो जीवन बीमा व्यवसाय, कुन कम्पनीले कति गरे  बीमाशुल्क संकलन ?

चालु आर्थिक वर्षको दुई महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय  ३० अर्ब रुपैयाँ माथि रहेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको व्यवसाय ३.२९ प्रतिशतले बढेर ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको दुई महिनामा जीवन बीमा कम्पनीको व्यवसाय  २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।

यो अवधीमा शिर्ष कारोबार गर्नेमा भने नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले सो अवधिसम्ममा ९ अर्ब ३ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, नेशनल लाइफले ३ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले सो अवधिमा ३ अर्ब ५८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी,एलआइसी कार्पोरसन नेपालले ३ अर्ब ३० करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै हिमालयन लाइफले ३ अर्ब १० करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

 एशियन लाइफले भने उक्त अवधिमा १ अर्ब ४७ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी,सिटिजन लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड ७८ लाख रुपैयाँ,सानिमा रिलायन्स लाइफले १ अर्ब १० करोड ६४ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ६ करोड ४७ लाख रुपैयाँ र मेट लाइफले सो अवधिसम्ममा ९६ करोड ३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

त्यस्तै, प्रभु महालक्ष्मी लाइफले ८७ करोड २० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ८५ करोड ४७ लाख रुपैयाँ,आइएमई लाइफले ८२ करोड ३५ लाख रुपैयाँ र सन नेपाल लाइफले ७७ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको