Like us!
Follow us!
Connect us!
Watch us!

आजसम्म सेयरधनी बने प्रभु महालक्ष्मी लाइफको लाभांश पाइने

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, ०७ : २२ मा प्रकाशित

आजसम्म सेयरधनी बने प्रभु महालक्ष्मी लाइफको लाभांश पाइने

आज मंगलबारसम्म सेयरधनी बनेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश पाइने भएको छ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ बुधबारबुकक्लोज गर्दैछ। आज मंगलबारसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्। 

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ। 

आगामी असोज २३ काठमाडौंमा रहेको अम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सुरु हुने साधारणसभाले लाभांश पारित गर्नुपर्नेछ।
बोनस सेयर वितरण पश्चात कायम हुन आउने चुक्ता पूँजीको ७ प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष ०८१।८२ को लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेण्डा छ। स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावसमेत सभाको कार्यसूचीमा समावेश छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको