Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी इन्स्योरेन्सको २१ लाख ९६ हजार कित्ता सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, २८ भदौ २०८१, ०९ : ४७ मा प्रकाशित

प्रभु महालक्ष्मी इन्स्योरेन्सको २१ लाख ९६ हजार कित्ता सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २१ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

यो सेयर कम्पनीका हाल कायम संस्थापक सेयरधनीले मात्र खरिद गर्न पाउने छन्। 

इन्स्योरेन्सले जारी गरेको सूचना अनुसार कम्तीमा २ लाख कित्ता सेयर खरिदका लागि आवेखन दिनुपर्नेछ। प्रतिकित्ता २०३ रुपैयाँ कायम गरिएको छ।तर प्रतिस्पर्धात्मक मूल्य कबोल गरी आवेदन दिनुपर्नेछ। इच्छुक संस्थापकले कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

३५ दिनभित्र संस्थापकले सेयर खरिद नगरेमा सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको