Like us!
Follow us!
Connect us!
Watch us!

सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, ११ : ५७ मा प्रकाशित

सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले असोज १२ गते शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर, लगातारको बर्षापछि आएको बाढीपहिरोले बिग्रिएका सडकमा गाडी चलाउन समस्या भएपछि व्यवसायीले बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार असोज १२ का विपद्ले बस सञ्चालन हुननसकेका कारण नै बुकिङ बन्द गर्ने तयारी गरेको हो ।

आजै  महासंघको बैठक बसेर यस विषयमा सरकारसँग छलफल गर्ने  उनले  बताए ।

‘धेरै यात्रुहरूले असोज १७ देखिको टिकट बुकिङ गरिसकेका छन् । तर, हाम्रो कुरा बन्द गर्ने नै हो । हिजो २ बजे गएका गाडी स्वयम्भू, कलंकी र नागढुंगामै छन्, बुकिङ गरेर के गर्ने ?’

बस सञ्चालनबारे के गर्ने भन्ने विषयमा पनि आजको छलफलबाट निष्कर्ष निस्किने वरिष्ठ उपाध्यक्ष सिटौलाले  बताएका छन्  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको