सरकारले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ। यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अन्तरप्रदेशमा सञ्चालन हुने सवारी साधनको भाडा वृद्धि गरिएको बताएको छ। जुन आज बुधबारदेखि लागू भएको छ।
अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी क्षेत्रमा चल्ने मालवाहक तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी साधनमा समान रूपमा ५–५ प्रतिशतले भाडा बढाइएको छ। डिजेलको मूल्यवृद्धिका कारण भाडादर समायोजन गरिएको विभागले जनाएको छ ।
बढेको भाडा विद्युतीय सवारीमा भने लागू हुने छैन । यसअघि चैत २५ गते भाडा बढाइएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस