नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको बोली जथाभाबी भएको बताएका छन् ।
कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले अमेरिका भ्रमणबाट फर्किएपछि ओलीले बाढीपहिरोबारे बोलेको कुरा जथाभाबी भएको बताएका छन्।
उनले भने, ‘प्रधानमन्त्री ओलीको बोली जथाभाबी भयो । उहाँको प्रत्येक बोलीको जिम्मेवारी हामीले लिनुपर्छ । उहाँ स्वदेश फर्कने बित्तिकै के बोलेको ? यो ठिक भएन ।’
बैठकमा गृहमन्त्री रमेश लेखकले भने सरकारले जोखिमका बिच उद्धार गरेको बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस