सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लगनखेल शाखाले आज एक कार्यक्रम माझ आफ्नो स्थानान्तरित शाखाको समुद्घाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल तथा ललितपुर महानगरपालिकाका–६ का वडा अध्यक्ष रुपेन्द्र राज शाक्यबाट संयुक्त रुपमा समुद्घाटन सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी, लगनखेल शाखाका शाखा प्रमुख भुवन के.सी.कर्मचारीहरु तथा सिनियर एजेन्सी म्यानेजर लगायत अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।
ग्राहकलाई अझ बढी छिटो जीवन बीमा सेवा प्रदान गर्न शाखाको स्तरोन्नती गरी स्थानान्तरण गरिएको र आगामी दिनहरुमा ग्राहकमुखी सेवा दिँदै जाने कम्पनीको उद्देश्य रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस