अर्थ संसार, काठमाडौँ – विद्युत् चोरीमा संलग्नलाई धमाधम कारवाही गर्ने अभियानलाई नेपाल विद्युत् प्राधिरणले पुनः युद्धस्तरमा अगाडि बढाउन सुरु गरेको छ ।
स्थानीय निकायको निर्वाचन , प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका कारण चोरी नियन्त्रण अभियान केही ओझेलमा परेको जस्तो देखिएपनि हाल आएर पुनः अभियानलाई युद्धस्तरमा अगाडि बढाउन लागिएको हो ।
प्राधिकरणका देशैभरीमा क्षेत्रीइ कार्यालय, जिल्ला स्थित जिल्ला कार्यालय र वितरण केन्द्रका प्रमुखलाई कडा परिपत्र गर्दै चोरी तथा चुहावट नियन्त्रण अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउन, चोरीमा संलग्नलाई सार्वजनिक अपराधमा कारवाही गर्न, सुरक्षा निकायको समन्वयमा काम गर्न र आवश्यक परेको बखतमा सुरक्षा निकायलाई नै परिचालन हुने वातावरण बनाउन आग्रह गरिएको छ ।
प्राधिकरणले विद्युत् चोरीमा केही कर्मचारीको समेत मिलेमतो रहेको भन्ने पाइएकाले उनीहरुलाई समेत कारवाहीको दायरामा ल्याउन समेत सम्बन्धित जिल्ला तथा क्षेत्रीय कार्यालयलाई निर्देशन दिएको छ ।
प्राधिकरणले विद्युत् चोरी गम्भीर अपराध भएकाले कुनै पनि क्षमा र माफी दिन नसकिने भन्दै कारवाहीको प्रक्रिया सुरु गरिएको र त्यसमा कुनै पनि तलमाथि नहुने स्पष्ट पारेको छ ।
प्राधिकरणको केन्द्रीय कार्यालयको कडा परिपत्रपछि प्राधिकरण दमक वितरण केन्द्रले ४ महिनामा विद्युत् चोरी गर्ने ३९ व्यक्तिलाई कारबाही गरेको जनाएको छ । गत भदौदेखि उक्त संख्यामा मिटर बाइपास गर्ने, हुकिङ गरी विद्युत् चोर्नेलाई कारबाही गरिएको जनाएको हो ।
कारबाहीमा परेका ग्राहकबाट ४ महिनामा रु १२ लाख २१ हजार ८ सय जरिवाना असुल गरिएको छ । झापामा ९० प्रतिशत विद्युत् मिटर बाइपास गरेर चोरी हुने गरेको छ । १० प्रतिशत चोरी हुकिङबाट हुने गरेको अध्इयनबाट देखिएको छ ।
यस्तै, विद्युत् बक्यौता नतिर्ने १९१ जनाको लाइन काटेररु २६ लाख ७६ हजार ९ सय ९१ असुल गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस