कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत आज (विहीवार) मदन भण्डारी स्मृति वाटिका संरक्षण समितिलाई आर्थिक सहयोग गरेको छ ।
सुविधानगर, काठमाडौस्थित वाटिकामा पूर्व अर्थ मन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा आयोजित चेक हस्तान्तरण कार्यक्रममा बैंकका वाग्मती प्रदेश कार्यालयका मुख्य निर्देशक (उपमहाप्रबन्धक) निर्मलकुमार उपाध्यायले समितिका अध्यक्ष तथा पूर्व कानुन मन्त्री अग्नीप्रसाद खरेललाई पाँचलाखको चेक हस्तान्तरण गरेका हुन् ।
हस्तावन्तरण कार्यक्रममा प्रमुख अतिथि पौडेलले संस्थागत सामाजिक उत्रदायित्व अन्तरगत कृषि विकास बैंकले वाटिकालाई आर्थिक सहयोग गरेर सत्कर्म गरेकोमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा बैंकको सञ्चालन तथा वजार व्यवस्थापन विभागका विभागीय प्रमुख मिनराज पोखरेल, कोटेश्वर शाखाका प्रबन्धक खेटराज दाहाल, सञ्चालन तथा वजार व्यवस्थापन विभागका वरिष्ठ ऋण अधिकृत शान्तिराम भट्टराईलगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस