Like us!
Follow us!
Connect us!
Watch us!

दशैंका लागि दुई महिनामै भित्रियो ६ करोडको तास

अर्थ संसार

शुक्रबार, २५ असोज २०८१, २२ : ३४ मा प्रकाशित

दशैंका लागि दुई महिनामै भित्रियो ६ करोडको तास

चालु आर्थिक वर्षको दुई महिनामा ६ करोड ११ लाख रुपैयाँको तास आयात भएको छ। गत वर्षको यसै अवधिमा ६ करोड ४४ लाख रुपैयाँको तास आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । 

भन्सार विभागको तथ्यांक अनुसार हरेक वर्ष औसतमा १ करोड २२ लाख प्याकेट तास आयात हुने गरेको छ। 

पछील्ला ८ बर्षमा नेपालीलले करिब २ अर्ब रुपैयाँ बराबरको तास आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक बर्ष २०७३/७४ देखि आव २०८०/०८१ सम्म १ अर्ब ६३ करोड रुपैयाँको तास आयात भएको हो ।

नेपालमा  भने खासगरी चाडपर्वको बेलामा तासको प्याकेटको माग उच्च हुने गरेको छ । दशैंतिहारमा कतिपयले जुवाका रुपमा त कतियले रमाइलोको रुपमा मात्रै तास खेल्ने प्रचलन छ ।

तर, बिशेषगरी चाडपर्वमा धेरै खलिने तास देशभित्र उत्पादन भने हुँदैन त्यसैले पनि बर्षेनी करोडौं रुपैयाँका तास विभिन्न देशबाट नेपाल भित्रिने गरेको छ । 

कहाँबाट आँउछ नेपालमा तास ?

नेपालमा उत्पादन नहुने भएकोले पनि सबैजसो तास विदेशी मुलुकबाट आयात हुन्छ।

नेपालमा सबैभन्दा धेरै तास चीनबाट आयात हुने गरेको देखिन्छ।  यसबाहेक भारत र ब्राजिलबाट पनि तास आयात हुन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको