Like us!
Follow us!
Connect us!
Watch us!

उपप्रमुख हुँदाहुदै हर्क साम्पाङले दिए वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी

अर्थ संसार

मंगलबार, २९ असोज २०८१, २१ : २७ मा प्रकाशित

उपप्रमुख हुँदाहुदै हर्क साम्पाङले दिए वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी

धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपप्रमुख हुदा हुदै वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् ।

बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।

धरानको उपप्रमुख अइन्द्रविक्रम बेघासँग सम्बन्ध बिग्रिएपछि साम्पाङले वडा अध्यक्षलाई जिम्मेवारी दिएका हुन् । हर्क साम्पाङ नोभेम्बर २ तारिखमा बेलायतबाट नेपाल फर्कने छन् ।

साम्पाङले असोज २३ गते नै वडाअध्यक्ष लोकन्द्र कुमार फागुलाई पत्र पठाउँदै असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि पाँच बुँदामा उल्लेख गरेर यी काम गर्न नपाउने उल्लेख गर्दै मेयरको कार्यवाहक जिम्मेवारी निर्वाह गर्न पत्र दिएका छन् ।
 

670e8d8e8dd3a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको