धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशिला कार्कीप्रति पुनः कडा आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले "जेन्जी आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको" आरोप लगाउँदै तत्काल राजीनामा दिन आग्रह गरेका हुन्।
साम्पाङले भनेका छन्, "सुशिला जी… तपाइँले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन! राजीनामा दिनुस्! म गर्छु उनीहरुको माग पूरा एक एक गरेर!"
साम्पाङले प्रधानमन्त्री कार्कीको कार्यकाल सुरु भएको बेला देखि नै असन्तुष्टि जनाउँदै आएका थिए। उनका अनुसार, जनताले देखाएको अपेक्षा पुरा नभएकाले कार्कीले अब जिम्मेवारीसहित पद छाड्नु पर्ने समय आएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस