Like us!
Follow us!
Connect us!
Watch us!

उड्डयन प्राधिकरणलाई च्यालेन्ज दिने मूडमा धरानका मेयर हर्क साम्पाङ

अर्थ संसार

मंगलबार, १५ फागुन २०८०, १८ : २१ मा प्रकाशित

उड्डयन प्राधिकरणलाई च्यालेन्ज दिने मूडमा धरानका मेयर हर्क साम्पाङ

नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेपछि धरानका मेयर हर्क साम्पाङले प्राधिकरणको निर्णयलाई नै च्यालेन्ज दिने अभिव्यक्ति दिएका छन् ।

प्राधिकरणले नीतिगत व्यवस्था तथा प्राविधिक कारण देखाउँदै धरानमा विमानस्थल बनाउन सम्भव नरहेको बताएपछि मेयर साम्पाङले नियम संसोधन गरेर भएपनि विमानस्थल बनाउने अड्डी कसेका हुन् । प्राधिकरणले तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था रहेको, भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ मात्रै हुने भएका साथै सडक सञ्जालको सहज पहुँच रहेको भन्दै विमानस्थल आर्थिक रुपमा फिजिबल नरहेको उल्लेख गरेको थियो ।

मेयर साम्पाङ भने लामो समयदेखि धरान विमानस्थल बनाएरै छाड्ने बताउँदै आएका छन् । उनले लेखेका छन्, "संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ? थु..."

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको