अर्थ संसार, काठमाडौँ - नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रबाट विद्युत खरिद गर्ने भनेर प्रक्रिया अगाडि बढायो ।
विसं २०७३ जेठ २६ गते बोलपत्र आह्वान गरी विभिन्न नीजि प्रबद्र्धकहरुबाट सोलार आयोजनाबाट विद्युत खरिद गर्ने गरी कार्य अगाडि बढाएको हो ।
तर, लामो समयसम्म पनि यो कार्यले मूर्तरुप लिन सकेको छैन । विभिन्न वहानामा नेपाल विद्युत प्राधिकरणले निजी प्रवद्र्धकहरुलाई विद्युत खरिद सम्झौता गर्न आलटाल गर्दै आएको छ ।
यसबाट निजी प्रवद्र्धकलाई ठूलो समस्या परेको देखिन्छ । प्रवद्र्धकहरुले सोलार आयोजनालाई आवश्यक पर्ने जग्गा खरिद गरीसकेका छन् । विद्युत प्राधिकरणले प्रारम्भिक ड्राफ्टमा हस्ताक्षेर समेत गरिसकेको छ ।
प्राधिकरणको आफ्नो अर्कमण्यताको कारण निजी प्रवद्र्धक मारमा परेका हुन् । यो विषयमा सम्बन्धित निकाय मानै बसेर निजी क्षेत्रलाई मारमा पार्नु कत्तिको जायज हो ?
सुख्खा याम बढेसँगै देशमा लोडसेडिङ बढ्ने दृखिएको छ । यो अवस्थामा निजी क्षेत्रले सस्तो र भरपर्दाे विद्युत उत्पादन गरी राष्ट्रलाई सेवा गर्छ भन्ने कुनै पनि नीजि प्रवद्र्धकहरुलाई निरुत्साहि पारी भारतबाट मंहगोमा विजुली खरिद गरिदैछ । यो कसरी जायज हुन सक्छ ।
तत्कालको तथ्याङक अनुसार निजी प्रवद्र्धकहरुले उत्पादन गरेको विद्युत् प्राधिकरणको आयोजनाको भन्दा बढी छ ।
यो अवस्थामा प्राधिकरणले निजी क्षेत्रलाई अपहेलना गरिनु कत्तिको उचित हुन्छ ? तसर्थ सम्बन्धित निकायले यस विषयमा तत्काल पहल गरी यस आयोजना अगाडि बढाएको खण्डमा लोडसेडिङमा थप न्यूनिकरण हुने देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस