Like us!
Follow us!
Connect us!
Watch us!

भारतबाट आएको ८५ हजार किलो गुणस्तरहीन चामल भारतमै फिर्ता

अर्थ संसार

विहीबार, ०१ कार्तिक २०८१, १४ : ४७ मा प्रकाशित

भारतबाट आएको ८५ हजार किलो गुणस्तरहीन चामल भारतमै फिर्ता

नेपालगञ्जका व्यवसायीले भारतबाट आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चामल परीक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा धेरै पाइएपछि भारतमै फिर्ता गरिएको जनाएको छ । 

दशैंको समयमा भन्सारमा आइपुगेको चामल नेपालगञ्ज एकीकृत जाँच चौकीस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गरेको थियो ।

परीक्षणका क्रममा नेपाल सरकारको चामलको लागि तोकेको अनिवराय मापदण्ड बमोजिम न्यून गुणस्तर पाइएको हो । न्यून गुणस्तर पाइएपछि नेपालगञ्ज भन्सार कार्यालयलाई विभागले निर्यात गर्ने देशमै फिर्ता गरिदिन पत्र पठाएको थियो । सोही अनुसार भन्सार कार्यालयले चामल फिर्ता पठाइसकेको विभागले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको