सपोर्ट लघुवित्त बित्तिय संस्थाद्वारा आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।
कात्तिक ४ गते बसेको २३२ औं संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको कमाईबाट सेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांस दिने निर्णय गरेको हो।
जसमा १३.७७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७२५ प्रतिशत नगद लाभांश रहेको छ। लघुवित्तको कुल चुक्तापुंजी १० करोड ७६ लाख रहेको छ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीहरुलाई लाभांश वितरण हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस