Like us!
Follow us!
Connect us!
Watch us!

६३ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफा ,अन्य सूचकको कस्तो छ अवस्था ?

अर्थ संसार

बुधबार, १४ कार्तिक २०८१, १५ : ०४ मा प्रकाशित

६३ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफा ,अन्य सूचकको कस्तो छ अवस्था ?

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

खुद नाफा

विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमा भन्दा ६३.०८ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा संस्थाले १५ लाख ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी 

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि १ करोड ४४ लाख रुपैयाँबाट बढेर १ करोड ९४ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा २५ लाख रुपैयाँबाट बढेर २९ लाख रुपैयाँ पुगेको छ ।

कुल सञ्चालन आम्दानी

यस वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी १० करोड ८७ लाख रुपैयाँभन्दा बढी छ । जुन गत वर्ष २ करोड २२ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको खराब कर्जा १.६७ प्रतिशतबाट घटेर १.६४ प्रतिशतमा झरेको छ ।

प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ

प्रतिसेयर आम्दानी ९.६९ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५२.०५ रुपैयाँ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको