मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाथवे इन्भेष्टमेन्ट कम्पनीको बोनश सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनश सेयरको सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेले कारोबार अघिको सेयरमूल्य १ हजार ४३९.९० रुपैयाँका आधारमा समायोजन गरेको छ । समायोजन पछि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ३०९ रुपैयाँ कायम भएको छ ।
बुधबार यहि मूल्यमा आधारित रहेर नेप्सेमा कम्पनीको सेयर कारोबार खुल्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस