Like us!
Follow us!
Connect us!
Watch us!

प्रथम त्रैमासमा कस्तो छ आरएसडिसी लघुवित्तको वित्तीय प्रदर्शन ? हेरौं मुख्य सूचकहरु

अर्थ संसार

विहीबार, ०८ कार्तिक २०८१, ०९ : ३९ मा प्रकाशित

प्रथम त्रैमासमा कस्तो छ आरएसडिसी लघुवित्तको वित्तीय प्रदर्शन ? हेरौं मुख्य सूचकहरु

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

 खुद नाफामा ३५.९९ प्रतिशतको गिरावट 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.९९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

घट्यो खुद ब्याज आम्दानी,खुद फि तथा कमिशन र कुल सञ्चालन आम्दानी

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.९२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ११.४२ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ७.०२ प्रतिशत र सञ्चालन मुनाफा ३५.८६ प्रतिशत घटेको छ।

बढ्यो खराब कर्जा 

समीक्षा अवधिमा  लघुवित्तको खराब कर्जा समीक्षा अवधिमा १.४९ प्रतिशतबाट बढेर २.५७ प्रतिशत पुगेको छ। 

इम्पेरमेन्ट चार्ज 

यससँगै समीक्षा अवधिमा लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ७७ लाख रुपैयाँ पुगेको छ। 

वितरणयोग्य मुनाफा

पहिलो ३ महिनामा लघुवित्तको वितरणयोग्य मुनाफा ११ करोड १८ लाख रुपैयाँ रहेको छ।

प्रतिसेयर आम्दानीमा गिरावट 

असोज मसान्तसम्ममा  नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपैयाँ ७१ पैसा घटेर ११ रुपैयाँ ५ पैसामा झरेको छ।

प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ४५

असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ४५ पैसा रहेको छ ।  

मूल्य आम्दानी अनुपात ६७.७५ गुणा 

चुक्ता पूँजी/जगेडा कोष 

९४ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोष पछिल्लो ३ महिनामा ९.८२ प्रतिशत बढेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको