Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

अर्थ संसार

विहीबार, ०८ कार्तिक २०८१, १० : ४३ मा प्रकाशित

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ हजार ८२०.६५ कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले संस्थापक सेयरधनी साना किसान विकास लघुवित्तको नाममा रहेको उक्त सेयर लिलाम मार्फत बिक्रीमा राखेको हो ।

उक्त सेयर संस्थापक र सर्वसाधारण सबैले खरीद गर्न पाउँछन् ।सेयर खरीदका लागि आवेदन दिँदा घटीमा १ हजार कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५४२ रुपैयाँ तोकिएको छ । आवेदन कात्तिक ८ गतेदेखि मंसिर १२ गते दिउँसो ३ बजेभित्र बिक्री प्रबन्धक लक्ष्मी सनराईज क्यापिटलको कार्यालयमा दिइसक्नु पर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको