अर्थ संसार, काठमाडौं – निर्धारित समयभित्र अधिकांश विकास बैङ्कहरूले तोकिएको चुक्ता पूँजी पुर्यार्उन नसक्ने भएका छन् ।
चुक्ता पूँजी वृद्धिका लागि राष्ट्र बैङ्कले दिएको समयावधि सकिनै लाग्दा एउटा मात्र विकास बैङ्कले तोकिएको पूँजी पुर्याएको छ । राष्ट्र बैङ्कको निर्देशनअनुसार विकास बैङ्कहरूले यही पुस मसान्तसम्ममा न्यूनतम चुक्ता पूँजी पुर्याउनुपर्नेछ ।
तोकिएको समयभित्र चुक्ता पूँजी नपुर्याउने विकास बैङ्कहरूलाई कारबाही गरिने राष्ट्र बैङ्कले बताएको छ । तर, हालसम्म एउटा बैङ्कको मात्र चुक्ता पूँजी पुगेको छ ।
राष्ट्र बैङ्कको निर्देशनअनुसार राष्ट्रियस्तरका विकास बैङ्कले न्यूनतम रू। २ अर्ब ५० करोड चुक्ता पूँजी पुर्याउनुपर्ने प्रावधान छ । त्यस्तै, ४ देखि १० जिल्ले विकास बैङ्कले न्यूनतम रू। १ अर्ब २० करोड र १ देखि ३ जिल्ले विकास बैङ्कले न्यूनतम रू। ५० करोड पुर्याउनुपर्ने राष्ट्र बैङ्कको निर्देशन छ ।
चुक्ता पूँजी पुर्याउन विकास बैङ्कहरूले अन्य वित्तीय संस्थासँग गाभिने, बोनस शेयर र हकप्रद शेयर जारी गर्नेलगायत प्रक्रिया जारी राखेका छन् ।
राष्ट्र बैङ्कको प्रावधानअनुसार ३२ विकास बैङ्कको कुल चुक्ता पूँजी कम्तीमा पनि रू। ४१ अर्ब ४० करोड हुनुपर्छ । तर, अहिलेसम्म वित्तीय विवरण प्रकाशित भएका विकास बैङ्कको सो आकारमा पूँजी पुगिसकेको छैन ।
पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार विकास बैङ्कहरूको कुल चूक्ता पूँजी रू। ३१ अर्ब ७ करोड पुगेको छ । यो करीब ७६ प्रतिशत वृद्धि हो । गत आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका ३२ विकास बैङ्कको चूक्ता पूँजी रू। १७ अर्ब ९९ करोड रहेको थियो ।
राष्ट्र बैङ्कको प्रवधानअनुसार अहिलेसम्म महालक्ष्मी विकास बैङ्कले मात्र तोकिएको पूँजी पुर्याएको छ । यस विकास बैङ्कको चुक्ता पूँजी रू। २ अर्ब ६३ करोड पुगेको छ । गत आवको पहिलो त्रैमासमा रू। १ अर्ब ३८ करोड रहेको चुक्ता पूँजी चालू आवको सोही अवधिमा ९० प्रतिशत बढेको हो । यती डेभलपमेण्ट बैङ्कसँग गाभिएपछि यस बैङ्कलाई पूँजी पुर्याउन सजिलो भएको हो ।
त्यस्तै, कैलाश विकास बैङ्कको चुक्ता पूँजी ४५ प्रतिशत बढेर रू। २ अर्ब २९ करोड पुगेको छ । राष्ट्र बैङ्कले तोकेअनुसारको लक्ष्य हासिल गर्न कम्पनीले ९ प्रतिशत पूँजी बढाउनुपर्नेछ । साधारणसभाले पारित गरेको १० प्रतिशत बोनस शेयर वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी रू। २ अर्ब ५२ करोड पुग्नेछ ।
४ देखि १० जिल्लामा शाखा हुनेमा गण्डकी विकास बैङ्क र शाइन रेसुङ्गा डेभलेपमेण्ट बैङ्कले राष्ट्र बैङ्कको प्रावधानअनुसार पूँजी पुर्याइसकेका छन् । गण्डकीको चुक्ता पूँजी रू। १ अर्ब ८४ करोड पुगेको छ भने शाइन रेसुङ्गाको रू। १ अर्ब ३७ करोड पुगेको छ । तर, १ देखि ३ जिल्लामा शाखा हुने कुनै पनि विकास बैङ्कहरूको पूँजी पुगिसकेको छैन । अभियानबाट
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस