Like us!
Follow us!
Connect us!
Watch us!

सूचीकृत ४ सिमेन्ट कम्पनी - लगानीका लागि कसको कस्तो छ वित्तीय अवस्था ?

अर्थ संसार

मंगलबार, ०३ भदौ २०८२, ११ : ५९ मा प्रकाशित

सूचीकृत ४ सिमेन्ट कम्पनी - लगानीका लागि कसको कस्तो छ वित्तीय अवस्था ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार सिमेन्ट कम्पनीहरुले आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  विवरणले चार कम्पनीमध्ये शिवम सिमेन्ट र सर्वोत्तम सिमेन्टको वित्तीय अवस्था तुलनात्मक रूपमा सन्तोषजनक र स्थिर देखाएको छ। जबकि घोराही सिमेन्ट र सोनापुर सिमेन्ट भने अझै पनि गम्भीर आर्थिक दबाबमा रहेका छन्। 

खुद नाफाको तुलना सर्वोत्तम सिमेन्ट शिर्ष स्थानमा रहेको छ। यस अवधिमा सर्वोत्तम सिमेन्टले सबैभन्दा धेरै १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । यो अघिल्लो बर्षको तुलनामा ५७२ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १४ करोड ९३ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

त्यस्तै शिवम सिमेन्टले ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २०५ प्रतिशतले बढी हो । सोनापुर सिमेन्टले यस अवधिमा ६१ लाख ५० हजार अघिल्लो आर्थिक वर्षमा भने कम्पनी ४७ करोड १० लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।  घोराही सिमेन्ट भने ६६ करोड ३ लाख रुपैयाँको घाटामा रहेको छ।

संचालन आम्दानीको हिसाबले पनि सर्वोत्तम सिमेन्ट नै अग्रस्थानमा रहेको छ । जसको आम्दानी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। शिवम सिमेन्टको ७ अर्ब ७६ करोड,घोराही सिमेन्टको ५ अर्ब ५ करोड, र सोनापुर सिमेन्टको २ अर्ब ६१ करोड रुपैयाँको आम्दानी रहेको छ।

प्रतिसेयर आम्दानी कसको कति ?

प्रति सेयर आम्दानी (EPS) हेर्दा सर्वोत्तम सिमेन्टको EPS सबैभन्दा धेरै २०.१९ रुपैयाँ रहेको छ भने शिवम सिमेन्टको १४.५५, सोनापुर सिमेन्टको ०.२०, र घोराही सिमेन्टको EPS ऋणात्मक रहेको छ। त्यसैगरी, प्रति सेयर नेटवर्थमा पनि सर्वोत्तम सिमेन्ट अग्रणी देखिन्छ, जसको नेटवर्थ २०२ रुपैयाँ रहेको छ। सोनापुरको १९०.४९, शिवमको १८८.५७, र घोराहीको १८८.४७ रुपैयाँ नेटवर्थ रहेको छ। 

चुक्तापुँजी कसको कति ?

चुक्ता पुँजीको आधारमा हेर्दा शिवम सिमेन्ट सबैभन्दा ठूलो पूँजी भएको कम्पनी रहेको छ। जसको चुक्ता पुँजी ५ अर्ब ४५ करोड रुपैयाँ छ। यसपछि सर्वोत्तमको ४ अर्ब ७७ करोड, घोराहीको ४ अर्ब ५६ करोड, र सोनापुरको ३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको