हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैठक भदौ २ गते दिउँसो ४:३० बजे बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १२.६३२ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यो प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभामा पेश गरिनेछ। साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरूलाई लाभांश वितरण प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी गराएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस