Like us!
Follow us!
Connect us!
Watch us!

बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ सर्वसाधारणका लागि खुल्दै

अर्थ संसार

मंगलबार, ०३ भदौ २०८२, ०८ : ३३ मा प्रकाशित

बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ सर्वसाधारणका लागि खुल्दै

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री गर्ने तयारी पूरा गरेको छ। यसअघि आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको हिस्सा वितरण भइसकेको छ।

नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको अनुसार कम्पनीले २ अर्ब ८३ करोड रुपैयाँ बराबरको चुक्ता पूँजीमध्ये कुल २०.७०६७ प्रतिशत अर्थात ५८ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्न पाएको छ। यसमध्ये हाल सार्वजनिक हुने चरणमा ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि उपलब्ध हुनेछ। सेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आइपीओ भदौ १५ गतेसम्म खुला रहनेछ भने आवश्यक आवेदन नपरेमा भदौ २५ गतेसम्म अवधि बढ्न सक्नेछ।

केयर रेटिङ नेपालले कम्पनीलाई ‘CARE-NP BB (Issuer)’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम स्तरको जोखिम संकेत गर्दछ। बन्दीपुर केवलकार आयोजनाको अनुमानित लागत करिब ३ अर्ब ८५ करोड रुपैयाँ रहेको र लगानी फिर्ता हुने अवधि ८ देखि १० वर्षसम्म रहने प्रक्षेपण गरिएको छ।

आईपीओको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड हो। लगानीकर्ताले सि-आस्बा प्रणालीमार्फत वा मेरो शेयर अनलाइन प्लेटफर्म प्रयोग गरेर आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको