Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा तीन कम्पनीको मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

सोमबार, ०२ भदौ २०८२, २१ : १५ मा प्रकाशित

नेप्सेमा तीन कम्पनीको मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार मात्रै ३ कम्पनीको सेयरमूल्य समायोजन भएको छ । 

नेप्सेमा मुल्य समायोजन भएका कम्पनीहरुमा सनराइज फोक्सड इक्विटी फण्ड, सनराइज फस्र्ट म्युचुअल फण्ड र लक्ष्मी उन्नति कोष कम्पनी हुन् ।

फोक्सड इक्विटी फण्ड

नेप्सेले सनराइज फोक्सड इक्विटी फण्डको १३.५० प्रतिशत नगद लाभांशमा मूल्य समायोजन गरेको छ । यसको आज अन्तिम कारोबार मूल्य १०.३६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको हो । समायोजन पछिको कम्पनीको मूल्य ९.०१ रुपैयाँ पुगेको छ ।

सनराइज फस्र्ट म्युचुअल फण्ड

नेप्सेमा सनराइज फस्र्ट म्युचुअल फण्डको १४ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको छ । अन्तिम कारोबार मूल्य १०.८९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको हो । सो पश्चात अब कम्पनीको मूल्य ९.४९ रुपैयाँ कायम भएको छ ।

लक्ष्मी उन्नति कोष

नेप्सेमा लक्ष्मी उन्नति कोषको २० प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको छ । अन्तिम कारोबार मूल्य ११.८१ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको मूल्य ९.८१ रुपैयाँ कायम भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको