Like us!
Follow us!
Connect us!
Watch us!

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आगामी भदौ ११ गतेदेखि आईपीओ निष्कासन गर्ने

अर्थ संसार

मंगलबार, ०३ भदौ २०८२, ०९ : ०१ मा प्रकाशित

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आगामी भदौ ११ गतेदेखि आईपीओ निष्कासन गर्ने

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आगामी भदौ ११ गतेदेखि आईपीओ निष्कासनको पहिलो चरण प्रारम्भ गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डले गत साउन १३ गते कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो। सो अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरमा ३२ लाख ६२ हजार ५ सय कित्ता साधारण सेयर बिक्री गर्नेछ।

पहिलो चरणमा कसलाई ?

आईपीओको पहिलो चरणमा दुई समूहका लगानीकर्तालाई प्राथमिकता दिइएको छ–

  • उद्योग प्रभावित क्षेत्र : रुपन्देही र पाल्पाका स्थानीय बासिन्दाका लागि १ लाख ६२ हजार १२५ कित्ता सेयर छुट्याइएको छ।

  • विदेशमा रहेका नेपाली : वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ९ हजार ९३८ कित्ता सेयर उपलब्ध हुनेछ।

आवेदन सीमा

  • न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

  • त्यसअनुसार लगानी रकम न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्म पर्न जानेछ।

आवेदन अवधि

  • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन अवधि भदौ १५ गतेसम्म खुला रहनेछ। तर उक्त अवधिभित्र पर्याप्त आवेदन नआएमा भदौ २५ गतेसम्म लम्बिने व्यवस्था गरिएको छ।

  • उद्योग प्रभावित क्षेत्रका लागि आवेदन अवधि भदौ २५ गतेसम्म रहनेछ। आवश्यकता अनुसार असोज ९ गतेसम्म लम्बिन सक्नेछ।

कहाँबाट आवेदन दिने ?

  • उद्योग प्रभावित क्षेत्रका लगानीकर्ताले नबिल बैंक र एनएमिब बैंकको तानसेन तथा फरसाटिकर शाखा र ग्लोबल आईएमई बैंकको तानसेन शाखाबाट आवेदन फाराम पाउन सक्नेछन्।

  • विदेशमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा मेरो शेयर एप प्रयोग गरेर सजिलै आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको