Like us!
Follow us!
Connect us!
Watch us!

ट्रेड टावरले आईपीओ जारी गर्ने

अर्थ संसार

बुधबार, २१ कार्तिक २०८१, ०८ : ५८ मा प्रकाशित

ट्रेड टावरले आईपीओ जारी गर्ने

ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

कात्तिक ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि १५औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । सभा होटेल क्रिष्टल पशुपती, ट्रेड टावर, गौशालामा विहान १०ः३० बजे हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित वासलात, नाफा नोक्सा हिसाब तथा नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।  त्यस्तै, चालू आवका लागि लेखापरीक्षक तोक्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । 

विशेष प्रस्तावमा आईपीओ निष्कासनसहित कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन, अन्य कम्पनीसँग मर्जरमा जान सञ्चालक समितिलाई अख्तिायारी दिने रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको