Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी राष्ट्रपति चुनाव : जितको नजिक पुगे ट्रम्प

अर्थ संसार

बुधबार, २१ कार्तिक २०८१, १४ : १२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति चुनाव : जितको नजिक पुगे ट्रम्प

संयुक्त राज्य अमेरिकामा ४७ औँ राष्ट्रपति छान्न भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाको नतिजाअनुसार उपराष्ट्रपति कमला ह्यारिसलाई पछि पार्दै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको निकै अघि देखिएका छन् । पेन्सलभानिया, जर्जिया, नर्थ क्यारिलिना, विन्सकनसिन राज्यको अन्तिम नतिजासँगै डोनाल्ड ट्रम्पको जित निश्चित भएको छ ।

यद्यपि मत गणना अझै जारी छ । कूल २७० इलेक्टोरल मत आवश्यक पर्ने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पूर्व राष्ट्रपति ट्रम्पले २७७ मत प्राप्त गरिसकेका छन् ।

न्यूयोर्क टाईम्सले पनि डोनाल्ड ट्रम्पको बिजय निश्चित भएको जनाएको छ । न्यूयोर्क टाइम्सले ९५ प्रतिशत ट्रम्पले जित्ने प्रक्षेपण गरहेको छ । कूल मत मध्ये ५१ प्रतिशत डोनाल्ड ट्रम्पले प्राप्त गरेका छन् भने कमला ह्यारिसले ४७ प्रतिशत मत प्राप्त गरेकी छिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको