Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी राष्ट्रपति निर्वाचन: ट्रम्पलाई विश्वभरबाट बधाईको ओइरो

अर्थ संसार

बुधबार, २१ कार्तिक २०८१, १७ : २५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति निर्वाचन: ट्रम्पलाई विश्वभरबाट बधाईको ओइरो

अमेरिकी राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । २७० इलेक्टोरल भोट भन्दा बढी नतिजा ल्याएर ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति पदमा विजयी भएका हुन् । निर्वाचनबाट कमला ह्यारिस पराजित बनेकी छन् । 

निर्वाचनअघि प्रतिद्वन्द्वी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिससँग कडा प्रतिस्पर्धा हुने भनिए पनि ट्रम्पले सहज जित हासिल गरेका छन् । आठ वर्षअघि हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न सफल भएका थिए। पछिल्लो निर्वाचनमा भने उनी जो बाइडेनसँग पराजित भएका थिए । 

ट्रम्पले अमेरिकाका लागि यो स्वर्ण युग हुने घोषणा गरेका छन् । उनले अमेरिकाको हितमा काम गर्ने बताएका छन् । ‘यो अमेरिकी जनताको शानदार जित हो । यसले अमेरिकालाई अझ सक्षम बनाउन मद्दत गर्नेछ । यो अमेरिकाको लागि स्वर्ण युग हुनेछ,’ सम्बोधनमा उनले भने ।

उनले अभूतपूर्व विजयी गराउने अमेरिकी नागरिकहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । आफू यही दिनका लागि हत्या प्रयासबाट बचेको उनको भनाइ छ । चुनावी र्‍यालीमा सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो । गोली उनको कानलाई छुँदै गएपछि उनी बाँच्न सफल भएका थिए ।

ट्रम्पले ह्वाइट हाउसबाट आफूले पूरा जोड दिएर संघर्ष गर्ने बताएका छन् । राष्ट्रपति बन्नु संसारकै सबैभन्दा महत्वपूर्ण काम रहेको बताउँदै उनले आफूले गरेका वाचा पूरा गर्ने प्रतिवद्धता गरे । भाषणका क्रममा उनले एक्स (ट्वीटर) का मालिक एलन मस्कको प्रशंसा समेत गरेका थिए । उनले मस्कलाई रिपब्पलिकन पार्टीका ‘नयाँ स्टार’ को घोषणा गरेका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको