Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

विहीबार, २२ कार्तिक २०८१, ०८ : ५० मा प्रकाशित

डिप्रोक्स लघुवित्तको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । 


२२.९८ प्रतिशतले घट्यो खुद नाफा

डिप्रोक्स लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा २२.९८ प्रतिशतले घटेको हो ।
कम्पनीले गत आवको असोज मसान्तसम्म ८ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालु आवमा घटेर ६ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ । 

सञ्चालन नाफामा गिरावट

समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा १२ करोड ६० लाख रुपैयाँबाट घटेर ९ करोड ७१ लाख रुपैयाँमा झरेको छ ।

खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानीमा सुधार

चालु आवमा कम्पनीको खुद ब्याज आम्दानी भने २४.५० प्रतिशतले बढेर ४१ करोड ६१ लाख रुपैयाँभन्दा बढी पुगेको छ । गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी ३३ करोड ४२ लाख रुपैयाँभन्दा बढी थियो । समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी पनि ४० करोड २० लाख रुपैयाँबाट बढेर ४६ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

बढ्यो खराब कर्जा

समीक्षा अवधिमा कम्पनीको खराब कर्जा भने बढेको छ । ५.१४ प्रतिशतमा रहेको खराब कर्जा यस अवधीमा भने बढेर ९.०१ प्रतिशत पुगेको छ । 

घट्यो प्रतिसेयर आम्दानी

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २२.७६ रुपैयाँबाट घटेर १५.९४ रुपैयाँमा झरेको छ । 

प्रतिसेयर नेटवर्थ

यस अवधीमा कम्पनीको प्रतिसेयर नेटवर्थ २१७.६२ रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी/रिटेन्ड अर्निङ
१ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ४१ करोड छ भने रिजर्भमा १ अर्ब ५९ करोड रुपैयाँ छ । 
कर्जा प्रवाह/निक्षेप संकलन

कम्पनीले यस अवधीमा ग्राहकमा २४ अर्ब १६ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ भने ९ अर्ब ८१ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको