Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तको १०% लाभांश घोषणा, बोनस सेयर कति ?

अर्थ संसार

शुक्रबार, २८ मंसिर २०८१, १० : २८ मा प्रकाशित

डिप्रोक्स लघुवित्तको  १०% लाभांश घोषणा, बोनस सेयर कति ?

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ ।

यस संस्थाको मंसिर २७ गते बसेको सञ्चालक समिति बैठकले ९.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि लघुवित्तले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको