Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तको ५२ हजार बढी कित्ता सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, २५ कार्तिक २०८१, १२ : ०७ मा प्रकाशित

डिप्रोक्स लघुवित्तको ५२ हजार बढी कित्ता सेयर बिक्रीमा

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५२ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ । 

लघुवित्तले संस्थापक सेयरधनी विष्णुप्रसाद न्यौपानेको नाममा रहेको ५२ हजार ७३५ कित्ता सेयर  सेयर बिक्रीमा राखेको हो ।उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयर धनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । 

सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्नेछ।  तोकिएको म्यादभित्र संस्थापकबाट सेयर खरिदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको