Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको साधारणसभा पुस ३० गते, सेयरधनीलाई बोनस सेयर दिने तयारी

आइतबार, ०९ पुस २०७४, १२ : २६ मा प्रकाशित

अपि पावरको साधारणसभा पुस ३० गते, सेयरधनीलाई बोनस सेयर दिने तयारी

अर्थ संसार, काठमाडौँ – नेपालको जलविद्युत् क्षेत्रको महत्वपूर्ण र धेरै प्रतिफल दिन सफल अपि पावर कम्पनीले साधारणसभाका लागि बुक क्लोज गरेको छ ।

कम्पनीले यही पुस ३० गते वार्षिक साधारणसभा बोलाएको छ । नेपाल स्टक एक्चेन्जमा आज कम्पनीले सूचना दिएर बुक क्लोज भएको जनाएको छ । यही पुस २१ गतेदेखि पुस ३० गतेसम्म सेयर कारोबार बन्द भएको जनाएको हो ।

वार्षिक साधारणसभाबाट सेयर धनीलाई महत्वपूर्ण अफर सार्वजनिक गर्ने तयारीमा रहेको अपि पावर कम्पनी नेपालको प्रख्यात उल्लेख्य प्रतिफल दिन सफल कम्पनी हो ।

सो कम्पनीले सेयरधनीलाई हालसम्म बढी प्रतिफल दिएको र यस साधारणसभाबाट समेत उल्लेख्य प्रतिफल सार्वजनिक गर्ने र सेयरधनीलाई सन्तुष्ट बनाउने योजना अगाडि सारेको छ । कम्पनीले  सम्पूर्ण सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने तयारी गरेको छ ।

 कम्पनीको आगामी पुस ३० गते हुने १४ औं वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गरेर बोनस सेयर दिन लागिएको हो । कम्पनीको गत मंसिर ७ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई बोनस सेयर दिन प्रस्ताव गरेको हो ।

 सञ्चालक समितिको प्रस्ताव अनुसार रु १ अर्ब ५ करोड चुक्ता पुँजीको ८ प्रतिशत बोनस साधारणसभाले पारित गर्ने तयारी गरिएको छ ।

बोनस सेयर पाउने ५० हजार सेयरधनी छन् । कम्पनीले त्रिशुली गल्छी जलविद्युत् आयोजना र २० मेगावाट बराबरको सौर्य ऊर्जा उत्पादन प्रणाली जडान गर्न लागेको छ ।

कम्पनीले दार्चुलामा निर्माण गरेको ८.५ मेगावाटको नौगाड जलविद्युत् आयोजना सञ्चालनमा छ । दुगर्म क्षेत्रमा गएर जलविद्युत् आयोजना निर्माण गर्ने र स्थानीय पूँजीलाई समेत अभिवृद्धि गर्ने कम्पनीको रुमपा अपि पावर क्रियाशिल छ ।

कम्पनीले हाल  ८ मेगावाटको माथिल्लो नौगाड निर्माणको अन्तिम चरणमा पुर्याएको छ ।

 

5a3f4ce37cdb1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको