Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको ४ लाख कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?

अर्थ संसार

सोमबार, २६ कार्तिक २०८१, १० : २१ मा प्रकाशित

सिटिजन्स बैंकको ४ लाख कित्ता सेयर  बिक्रीमा, प्रतिकित्ता कति ?

सिटिजन्स बैंक इन्टरनेशनले ४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनी पदम केशरी श्रेष्ठको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो।

उक्त सेयर हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउँछन् । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ तोकिएको छ।

सेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। तोकिएको म्यादभित्र संस्थापकबाट सेयर खरीदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको