Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

मंगलबार, ११ मंसिर २०८१, ०८ : ३७ मा प्रकाशित

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

 

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै अन्य संस्थापक सेयरधनीहरूले किन्न पाउने गरी ४९ हजार ९२८.८९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ निर्धारण गरिएको छ। सो मूल्यमा सेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको समयसीमाभित्र संस्थापकबाट सेयर खरिदका लागि आवेदन नपरेमा सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको