Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय खर्च घटेपछि बढ्यो साहस ऊर्जाको खुद नाफा, कति छ प्रतिसेयर आम्दानी ?

अर्थ संसार

सोमबार, २६ कार्तिक २०८१, १४ : २१ मा प्रकाशित

वित्तीय खर्च घटेपछि बढ्यो साहस ऊर्जाको खुद नाफा, कति छ प्रतिसेयर आम्दानी ?

अहिलेसम्मको ठूलो ८६ मेगावाटको सोलुखोला (दुधकोसी) जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याएको साहस ऊर्जा लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

बढ्यो खुद नाफा
साहस ऊर्जा लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४० करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले ३४ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत वर्षभन्दा साहस ऊर्जाले करिब  ५ करोड ७५ लाख रुपैयाँ बढी खुद नाफा कमाएको हो ।

विद्युत बिक्री आम्दानीमा गिरावट 

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने घटेको छ । कम्पनीले पहिलो तीन महिनामा ८६ करोड ७१ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ । गत वर्ष ८९ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

घट्यो वित्तीय खर्च

कम्पनीको वित्तीय खर्च घट्दा खुद नाफा बढेको हो । वित्तीय खर्च ३२ करोड ८९ लाख रुपैयाँबाट २३ करोड ४० लाख रुपैयाँमा झरेको छ ।

प्रति सेयर आम्दानी र प्रति सेयर नेटवर्थ 

कम्पनीको प्रति सेयर आम्दानी ४५.७४ रुपैयाँ र प्रति सेयर नेटवर्थ १८४.८९ रुपैयाँ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको