Like us!
Follow us!
Connect us!
Watch us!

साहस उर्जाको आईपीओ प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँडको मिति तय

अर्थ संसार

शुक्रबार, १५ असोज २०७८, १४ : ०० मा प्रकाशित

साहस उर्जाको आईपीओ प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँडको मिति तय

साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) प्रि अलटमेन्ट आज शुक्रबार सम्पन्न भएको छ भने कम्पनीको आईपिओ बाँडफाँड भने आइतबार हुने छ ।

कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपिओ बाँडफाँड असोज १७ गते आईतबार बिक्रि प्रबन्धकको कार्यालय लाजिम्पाट काठमांडौमा बिहान ९ बजे हुने छ । 

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो । 

अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकहरूले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणहरूका लागि माग गरिएको भन्दा ५।६२ गुणा धेरै हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको