Like us!
Follow us!
Connect us!
Watch us!

कुथेली बुखरी हाइड्रोपावरको नाफामा गिरावट,यस्तो छ समग्र वित्तीय अवस्था

अर्थ संसार

बुधबार, २८ कार्तिक २०८१, १२ : ४३ मा प्रकाशित

कुथेली बुखरी हाइड्रोपावरको नाफामा गिरावट,यस्तो छ समग्र वित्तीय अवस्था

कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको नाफामा गिरावट आएको देखिन्छ ।

खुद नाफामा गिरावट

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ४६ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ७.८२ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५० लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

घट्यो विद्युत बिक्री आम्दानी र वित्तीय खर्च

सोही अवधिसम्म कम्पनीले विद्युत बेचेर १ करोड ४ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले बिजुली बेचेर १ करोड १० लाख कमाएको थियो। सोही अवधिसम्म कम्पतीको वित्तीय खर्च भने १८ लाख ७८ हजारबाट घटेर १० लाख रुपैयाँ कायम भएको छ । 

प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ

यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १४७.५२ रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी र जगेडा कोष

१२ करोड १८ लाख ६७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५ करोड ७९ लाख रुपैयाँ रहेको छ । 

कुथेली बुखरी स्मल हाइड्रोपावर धितोपत्र दोस्रो बजारमा सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको