Like us!
Follow us!
Connect us!
Watch us!

गत वर्ष घाटामा रहेको शिवम् सिमेन्ट्सले कमायो १ करोड २७ लाख ,प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, २८ कार्तिक २०८१, १८ : ४१ मा प्रकाशित

गत वर्ष घाटामा रहेको शिवम् सिमेन्ट्सले कमायो १ करोड २७ लाख ,प्रतिसेयर आम्दानी कति ?

शिवम् सिमेन्ट्स लिमिटेडले कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। 

खुद नाफा

शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनी ५ करोड ३४ लाख नोक्सानीमा थियो । 

कम्पनीको कुल खर्च

यस अवधिमा कम्पनीको आम्दानी घटेको भएपनि खर्च कटौति गरेका कारण नाफा धनात्मक हुन पुगेको हो । यस अवधिमा कम्पनीले खर्च घटाएको छ । कम्पनीको कुल खर्च २२.८५ प्रतिशत घटेर १८ करोड ९३ लाख रुपैयाँ गरेको छ । गत वर्ष कम्पनीले २४ करोड ५४ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

व्यापार र वित्तीय खर्च

कम्पनीले ३ महिनामा १ अर्ब ४० करोड रुपैयाँको व्यापार गरेको छ । यो  गत वर्षको भन्दा १३.५९ प्रतिशत कम हो । यता, वित्तीय खर्च १ करोड ५४ लाखबाट घटेर २७ लाख रुपैयाँमा झरेको छ । 

चुक्ता पुँजी/जगेडा कोष

५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पुँजी रहेको शिवम् सिमेन्ट्सको जगेडा कोषमा ३ अर्ब ५३ करोड रुपैयाँ देखिएको छ । 

प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ

प्रतिसेयर आम्दानी १.०२ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १८९.२८ रुपैयाँ रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको