Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्ट्सको वार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार

सोमबार, २९ पुस २०८१, १७ : २२ मा प्रकाशित

शिवम् सिमेन्ट्सको वार्षिक साधारण सभा सम्पन्न

शिवम् सिमेन्ट्स लिमिटेडले नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौंमा आयोजित सभाले आर्थिक वर्ष २०८०/०८१ का लागि संचालक समितिले प्रस्ताव गरेका विभिन्न सामान्य तथा विशेष प्रस्तावहरू पारित गरेको हो।

सभामा कम्पनीका अध्यक्ष गौरव गोयलले अध्यक्षता गरेका थिए। सभाले आव २०७९/०८० का लागि कम्पनीको प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका आर्थिक विवरणहरू पारित गरेको छ। त्यस्तै, आगामी आ.व.२०८१/०८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित भएको छ।

सभाले कम्पनीको चुक्ता पूंजी ५ अर्ब २ करोड ७० लाखको ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूंजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय पुग्नेछ।

यसैगरी, सभाले बोनस सेयर वितरण गरेपछि पूंजी वृद्धि हुने प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई आवश्यक कार्य गर्न अधिकार प्रदान गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको