Like us!
Follow us!
Connect us!
Watch us!

साउदी अरबमा छोटा कपडा नलगाउन नेपाली दूतावासको आग्रह

अर्थ संसार

विहीबार, २९ कार्तिक २०८१, १८ : ३७ मा प्रकाशित

साउदी अरबमा छोटा कपडा नलगाउन नेपाली दूतावासको आग्रह

साउदी अरबस्थित नेपाली दूतावासले ‘मर्यादा र शिष्टाचार’मा रही काम गर्न यहाँ रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ।

सार्वजनिक स्थानमा सुन, ब्रासलेट, हाफप्यान्ट लगाएको कारण नेपाली नागरिकलाई जरिवाना लागेकाले दूतावासले साउदी अरबको कानुन पालना गर्न अपिल गरेको हो।

दूतावासले  सूचना जारी गर्दै साउदीको कानुनले सार्वजनिक स्थानमा छोटा हाफप्यान्ट लगाएर हिँड्न, प्रार्थनाको समयमा ठूलो आवाजमा गीत बजाउन, सार्वजनिक स्थलमा थुक्न, ज्येष्ठ नागरिक तथा अशक्तहरुलाई छुट्याएको स्थान ओगट्न, लाइन मिच्न, तडकभडक देखिने पोशाक लगाउन निषेध गरेको छ । सार्वजनिक मर्यादाविपरीतको यस्ता कार्य गरेमा पाँच हजार साउदी रियाल र अन्य थप सजाय हुनसक्ने दूतावासको चेतावनी छ ।

त्यस्तै, अरुलाई तर्साउने वा डराउने खालको क्रियाकलाप गर्न, ट्राफिक दुर्घटना तथा अपराधजन्य घटनाको फोटो तथा भिडियो खिच्न एवं अमर्यादित ठानिएका वा यहाँको समाजलाई अप्रिय लाग्ने वा सार्वजनिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने काम गर्न त्यहाँको कानुनले रोक लगाएको दूतावासको सूचनामा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको