Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाले तथ्यहीन गाली गरेको सुहाउँदैन: प्रधानमन्त्री ओली

अर्थ संसार

शुक्रबार, ३० कार्तिक २०८१, ११ : २४ मा प्रकाशित

नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाले तथ्यहीन गाली गरेको सुहाउँदैन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाहरुले तथ्यहीन आधारमा गाली गरेको नसुहाउने टिप्पणी गरेका छन् ।

कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादमा प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन्  ।

मुलुकमा स्थिरता, सुशासन र विकासका लागि वर्तमान सत्ता समीकरण बनेकाले यसलाई सार्थक बनाउने बताउँदै कुनै पनि दलको बहुमत नभएको अवस्थामा लोकतान्त्रिक व्यवस्थाका लागि आन्दोलन गरेका मुख्य दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बीच सहकार्य भएको उनको भनाई छ । अब एक वर्ष आठ महिनापछि आफूले काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीले बताएका छन् 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका क्रममा हिरासतमा लिइएको सन्दर्भमा प्रधानमन्त्री ओलीले संसदीय समितिको प्रतिवेदनका आधारमा पक्राउ परेकाले दोष र निर्दोषको फैसला अदालतले गर्ने जनाए ।

 उनले भने, ‘ देश ब्याक गेयर लगाएर पछाडि फर्कन सक्दैन नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाहरुले तथ्यहीन आधारमा गाली गरेको सुहाउँदैन । न्यायालयको कामलाई दबाब र झुठको प्रचारबाट प्रभावित पार्न खोज्नु उचित होइन ।’ ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने दृढतामा स्पष्ट छु । गल्ती गर्नेमाथि कारबाही गर्नुपर्दा मान्छेको अनुहार हेर्दिनँ । भनेको छु,हामी लोकतन्त्रका लागि लामो जेलनेल भोगेर आएका हौं ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको